• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 05:40:43

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।
गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएपनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतंकवादी आक्रमण भएको बताएको छ । जम्मु कश्मीर प्रहरीका डीजीपी दिलबाग सिंहले पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी  भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको बताएका छन् । उनले यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको उनको बुझाइ छ ।
पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । प्रहरीका अनुसार यस वर्ष मात्र विभिन्न घटनामा ३० जनाको मृत्यु भएको छ ।
एजेन्सीहरुको सहयोगमा
 

प्रतिकृया दिनुहोस

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं– कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् । कोरोना भाइरसका

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि