• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 06:25:35

जसपा अध्यक्ष उपेन्द्र यादवको आफ्नै क्षेत्रमा पुत्ला दहन

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध मधेसमा आन्दोलन चर्किएको छ । प्रदेश २ को अधिकांश जिल्लाहरुमा मधेशी नेता तथा कार्यक्राताहरुनै आदोलनमा उत्रिएका छन् । 
अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा राजबिराज नगरपालिका वडा नम्वर १ स्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । मंगलबार दिउँसो राजदेवी चोकमा युवाहरूले पुतला दहन गरेको हो ।
चिनिया दलाल मुर्दावाद, उपेन्द्र यादव प्रचण्डको दलाल, प्रदेश २ को इस्लामीकरण बन्द गर, प्रदेश २ को तिव्व्तीकरण बन्द गर जस्तानारा लगाएका थिए ।
हिजो सोमबार पनि मधेशी युवा समाजका कार्यकताहरुले राजविराज नगरपालिका वडा नम्वर ११ झल्ही चौकमा  जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला बोकेर सडक प्रदर्शन गरि पुत्ला दहन गरेका  थिए । 
यस अघि प्रदेश २ को वीरगंज लगायतका जिल्लाहरुमा उपेन्द्र यादवको एकल जातीय सोंच र अहंकार विरुद्ध प्रदर्शन भइरहेको छ । विरगंजका युवाहरुले उपेन्द्रलाई विरगंज प्रवेशमा निषेध समेत गरेका छन् ।
मधेस आन्दोलनमा अन्य समुदायलाई पठाउने तर अवसर पाउँदा आफ्नो जाति र आफ्नो खलतिका मान्छे च्यापेको भन्दै मधेसमा र जसपाभित्रै चर्को असन्तुष्टि छ । यसअघि सांसदद्वय प्रदीप यादव र प्रमोद साहले सामाजिक सञ्जालमार्फत उपेन्द्र यादवको एकल जातीय सोंचको भण्डाफोर गरिसकेका छन् ।
सडकमा उत्रिने प्रदर्शनकारीले उपेन्द्र यादव मुर्दावाद, जुता मार, मधेसको धोकेबाज लगायतका नारा लगाइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

जसपा अध्यक्ष उपेन्द्र यादवको आफ्नै क्षेत्रमा पुत्ला दहन

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

जसपा अध्यक्ष उपेन्द्र यादवको आफ्नै क्षेत्रमा पुत्ला दहन

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार

जसपा अध्यक्ष उपेन्द्र यादवको आफ्नै क्षेत्रमा पुत्ला दहन

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके