जसपा अध्यक्ष यादवले भने– वडाध्यक्ष र मेरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले
राजविराज । चुनाव नजिकदै गर्दा टिकट माग्नेहरु सम्पर्कमा आउन थालेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
राजविराज नगरपालिकाकाले बुधबार आयोजना गरेको अन्तरक्रिया तथा शुभकामना अदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले भने ‘कतिपयले वडाध्यक्षको टिकट देउ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ । सप्तरी निकै पछाडि परिको ठाउँ भएकोले यहाँका गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए ।
कुन जनप्रतिनिधीलाई चयन ग¥यौं जनतालाई त्यो पनि थाहा नहुनु बिडम्बना भएको उनले बताए ।
राजनीति किन गर्छ ? उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम ग¥थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो पेशा रहेन् ।’ उनले भने ।
अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी कसरी असुली गर्ने त्यस तर्फ खोज्छन्’ उनले भने ।
‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्’ उनले भने, ‘माथि गएपछि केहि नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरीद गर भन्छन् । अनि, त्यहाँ मलमोलाई हुन्छ’ उनले भने ।
रकममा बिक्नेहरुमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले सुनाए ।
‘एक सांसद किन्ने र अर्काे खरीद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईंभैंसीको खरीद हुन्छ त्यसरी नै यस्ता दलालहरुई हेरेको छ ।’
नेपालको निर्वाचन प्रणालीमा करेसन हुनु जरुरी रहेको बताए ।
जसपा अध्यक्ष यादवले भने– वडाध्यक्ष र मेरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले
आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल
जसपा अध्यक्ष यादवले भने– वडाध्यक्ष र मेरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार
जसपा अध्यक्ष यादवले भने– वडाध्यक्ष र मेरको टिकट माग्नेहरु सम्पर्कमा आउन थाले
जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके

प्रतिकृया दिनुहोस