• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 05:42:05

उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी : अध्यक्ष यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको लडाई अझै जारी रहेको बताएका छ्न । 
कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
 जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी रहेको बताए । देशमा सदियौ देखी पछाडी पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको छैन, अध्यक्ष यादवले भने, विभेद र उत्पीडनमा परेको जाती समुदायको अधिकार सुनिश्चितताको लडाई निरन्तर जारी नै छ । 
अध्यक्ष यादवले लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भईरहेको चर्चा गर्दै गणतन्त्र, संघीयता समाबेशिता सहितको उपलब्धि  रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए । 
देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भुमिक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले स्थानीय सरकार देखि साँसद  र राज्यको हरेक शासन र प्रशासन सम्म  मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पारे । अध्यक्ष यादवले अहिलेको निर्वाचन र शासकीय प्रणाली परिबर्तन गर्नुपर्नेमा जोड दिए । 
बर्तमन निर्वाचन तथा शासकीय प्रणालीले उत्पीडित समुदायको पुर्व रुपले प्रतिनिधित्व गराउन नसकेको भन्दै यादवले पुर्ण समाबेशी प्रतिनिधित्वका लागि जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र  शासन र प्रशासनमा सहभागीता हुनुपर्ने आबश्यकता औलाए । 
अध्यक्ष यादवले जसपा मुलुकमा विभेद र भेदभाव परेका समुदायलाई राजनीति अधिकार सम्पन्न बनाउन संघर्षरत रहेको बताए । पार्टी प्रबेश गरेर सामाजिक रुपान्तरणको महाअभियानमा ठूलो टेवा पुगेको भन्दै खुशी व्यक्त गर्दै अध्यक्ष यादवले नवप्रवेशी नेताकार्यकर्तालाई पार्टीमा उचित स्थान दिने प्रतिबद्धता व्यक्त गरे । 
अर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार भएको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री यादवले माथी देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित बिकास हुन नदिएको स्पष्ट पारे । यादवले छिटै  नागरिकता समस्या सामाधान हुने बताए । 
नागरिकता सम्बन्धि ऐना साँसदमा पेश भईसकेकोले चाडै साँसदबाट पास हुने बिश्वास व्यक्त गरे । पुर्व उपप्रधानमन्त्री यादवले बन्द रहेको उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सिर्जना गर्न जसपा लागेको समेतको बताए ।  जनता समाजवादी पार्टी नेपाल कंचनरुप नगरपालिका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक बिकास मन्त्री नवल किशोर साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिब शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव, नवप्रबेशी नेवाः देयः दबु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ, पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी,नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब भोला पासवन लगायतकाले सम्बोधन गरे । जनता समाजवादी पार्टी कंचनरुप नगर सचिब चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष कल्पना चौधरीले गरिन भने धन्यवाद ज्ञपन जिल्ला सदस्य रामेश्वर यादवले गरेका थिए ।  
 

प्रतिकृया दिनुहोस

उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी : अध्यक्ष यादव

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी : अध्यक्ष यादव

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार

उत्पीडित जाती समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी : अध्यक्ष यादव

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके