• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 05:40:53

न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : प्रचण्ड 

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् ।
बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या अदालत भित्रबाटै समाधान हुनुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार सांझ बसेको पाँच दलीय गठबन्धन समन्वयन समितिको बैठकले पनि प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलन कानुन व्यवसायीहरुले नै समाधान गर्नुपर्ने मनसाय राखेको बताए । 
अध्यक्ष प्रचण्ड बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि जनकपुर आएका थिए । उनी आउने भएपछि स्वागतको लागि नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
 

प्रतिकृया दिनुहोस

न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : प्रचण्ड 

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : प्रचण्ड 

सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ । प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने

न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : प्रचण्ड 

राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।  जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह